Logo

अध्यादेश जारी गरेर हटाइयो सपथबाट ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द, अब के भन्ने ?



Spread the love

७ जेठ, काठमाडाैँ । सरकारले सनर्वजनिक पद धारण गर्ने व्यक्तिले लिने सपथको ढाँचामा केही परिवर्तन गरेको छ । गत हप्ता प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदको सपथ लिँदा विवादमा तानिएपछि अध्यादेशमार्फत सपथको ढाँचा परिवर्तन गरिएको हो ।

पहिलेको ढाँचामा परिवर्तन गरी अब ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द हटाइ ‘सपथ लिन्छु’ भन्ने राखिएको छ । गतहप्ता ओलीले सपथ लिँदा प्रतिज्ञा गर्छु भन्न इन्कार गरेका थिए ।

त्यस्तै, अब सपथ लिँदा सपथ लिन औपचारिक पोशाकमा नै उपस्थित हुनुपर्ने नियम बनाइएको छ । त्यसैगरी, अध्यादेशमा सरकारले ईश्वरको वा देश र जनताको भन्ने शब्दमध्ये एउटा कुन शब्द प्रयोग गर्ने हो भन्ने विषय सपथ अघि नै जानकारी गराउनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्