Logo

इजरायल र प्यालेस्टनइनबीच युद्धबिराम



Spread the love

७ जेठ, एजेन्सी । इजरायल र प्यालेस्टनइनबीच युद्धबिराम भएको छ । बिबिसीमा उल्लेख भए अनुसार शुक्रबार बिहान २ बजेदेखि युद्धविराम भएको हो ।

इजरायल र प्यालेस्टाइनबीच गत ११ दिनदेखि युद्ध चलिरहेको थियो । लगातारको बमबारीका कारण दुबै तर्फ गरी २४० जनाको मृत्यु भएको छ । त्यसमध्ये अधिकांश गाजाका रहेका छन् ।

१० मे बाट इजरायल र प्यालेस्टाइनबीच युद्ध सुरू भएको थियो । युद्धको कारण पूर्वी जेरूसेलममा बढ्दै गएको तनाव रहेको बताइएको छ । हमासका अधिकारीहरूले शुक्रबार बिहान २ बजेदेखि युद्धविराम भएको पुष्टि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्