Logo

माओवादी नेतामाथि गोली प्रहार, पेट र कम्मरमा लाग्यो गोली



Spread the love

६ जेठ, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । तौलिहवा–जीतपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा पाण्डेमाथि गएराति करीब ११ बजेतिर अज्ञात समूहले गोली प्रहार गरेको हो ।

पाण्डेको पेट र कम्मरको बायाँ भागमा दुई वटा गोली लागेको छ । पाण्डेसहित एउटा मोटरसाइकलमा ३ जना तौलिहवा तिर जाँदै गर्दा विपरीत दिशाबाट आउँदै गरेको मोटरसाईकलमा सवार ३ जनाले अन्धाधुन्द गोली प्रहार गरेको जिल्ला प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्