Logo

नेपालमा भेटियो कोरोना भाइरसको नयाँ भेरियन्ट, थप संक्रामक र जोखिमपूर्ण



Spread the love

४ जेठ, काठमाडाैँ । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लागेको हो ।

देशका विभिन्न भागबाट कोभिड–१९ का संक्रमितहरुका ३५ वटा नमूनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतमा गरिएको जिन स्क्विन्सिङमा ९७ प्रतिशत (३४ वटा) मा B.1.617.2 र तीन प्रतिशतमा B.1.617.1 पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

नयाँ भेरियन्ट सबै उमेर समूहमा धेरै संक्रामक रहेको अध्ययनहरुबाट पाइएको पनि स्वास्थ्य मन्त्रालयले विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्