Logo

वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीको मृत्यु



Spread the love

२ जेठ, काठमाडाैँ । वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीको मृत्यु भएको छ । संगीत समीक्षक प्रकाश सायमीले सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार कार्कीको आज बिहान १० बजेर १५ मिनेटमा वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएको हो ।

उनमा केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अवस्था गम्भीर भएपछि उनलाई हिजो दिउँसो १ बजे आईसियु वार्डमा सारिएको थियो।

नेपाली गीती क्षेत्रमा कयौं कालजयी गीत लेखेका चेतन कार्कीले ‘विश्वास’ लगायत फिल्महरू निर्देशन पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्