Logo

हेलि एभरेष्टका तीन निर्देशकले गरे सगरमाथाको सफल आरोहण



Spread the love

१ जेठ, काठमाडाैँ । हेलि एभरेष्टका तीन निर्देशकले सगरमाथाको सफल आरोहण गरेका छन् । कम्पनीका बजार निर्देशक टासीलाक्पा शेर्पा उडान सञ्चालन निर्देशक पाइलट कृष्णप्रसाद गौचन र प्रबद्र्धन निर्देशक फुर्वा छिरिङ शेर्पाले सगरमाथाको शिखरमा पाइला टेकेका हुन् । उनीहरूले गत वैशाख ११ गते बिहान ७ बजे सगरमाथाको चुचुरोमा पुगेको हेलि एभरेष्टका प्रबन्ध निर्देशक फुरगेल्जे शेर्पा(फुर्वा)ले आज विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।

वसन्त यामको जारी सगरमाथा आरोहणमा एक साथ कम्पनीका तीन निर्देशकले सगरमाथाको सफल आरोहण गरेकामा हेलिकप्टर परिवार धेरै खुशी भएको र उनीहरूको उज्वल भविष्यको कामनासमेत गरेका छन् । आरोहणमा सहभागी मध्येका टासी लाक्पाले विश्वभर रहेका ८ हजारभन्दा माथिका सबै हिमाल तीन जना दाजुभाइले एक साथ आरोहण गरी गिनिज बुकमा नाम लेखाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्