Logo

देशभर कोरोना संक्रमण हुनेको संख्यामा कमी, मृत्यु हुनेको संख्या घट्यो, कोरोनामुक्त हुनेको संख्या बढ्दै



Spread the love

३१ बैशाख, काठमाडाैँ । देशभर थप ८५२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

गएको २४ घण्टामा देशभर थप २०३ जनाको मृत्यु भएको पनि मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा जम्मा ६१३५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म देशभर कोरोना संक्रमण हुनेको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्