Logo

केपी ओलीले तेश्रो पटक लिए प्रधानमन्त्रीको सपथ



Spread the love

३१ बैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । अल्पमतको प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन् ।

राष्ट्रपति निवास सितल निवासमा सपथ कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा नवनियुक्त मन्त्रीहरूले पनि पद तथा गोपनियताको सपथ लिएका छन् ।

बैशाख २७ गते ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी पदमुक्त भएका थिए ।

विहीबार राति ९ बजेसम्म दिइएको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत पुर्याउन नसकेपछि राति १० बजे राष्ट्रपतिले ओलीलाई संविधानको धारा ७६(३) अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

केपी ओली यस पटक सहित तेश्रो पटक प्रधानमन्त्री पदमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्