Logo

सामुदायीक सारथीको महिला उत्प्रेरणा अभियान



Spread the love

सामुदायीक सारथी काठमाण्डौले नेपालका १० जिल्लामा महिला वर्गलाई   जिविकोपार्जन तर्फ उन्मुख गर्न प्रेरणामुखी अभियान चलाएको  छ  ।

देशका बिभिन्न १० जिल्लामा महिला पैरखी मैत्री अभियान  , जनचेतना अभियान मार्फत समग्र महिला वर्गहरुलाई जिविकोपार्जन तर्फ उन्मुख गराउन अभियान चलाएको हो  ।

मकवानपुर  , नवलपरासी  , वाके  ,  कैलाली  , सुनसरी  , धादिङ्ग, काभ्रे  र सिन्धुपालचोक  लगायतका जिल्लामा यस्तो जनचेतना मुलक कार्यक्रम जारी  रहेको संस्थाका कार्यकारी निर्देशक तारा प्रसाद भण्डारीले जानकारी दिनुभयो  ।

संस्थाको समन्वय तथा फिनल्याण्ड बिदेश मन्त्रालय , युएन ओमन को कुल ३६ लाख आर्थिक सहयोगमा ति जिल्लाहरुमा गरिब र बिपन्न समुदायका महिलाहरुलाई लक्षित गरी  जनचेतना अभियान चलाईएको छ  ।

अभियान अन्तर्गत किशोर किशोरीलाई कलाकार बनाएर नायक   बिद्यालय स्तरीय लघु नाटक तथा संवाद कार्यक्रम ,  महिला उद्यमी मेला लगायतका जनचेतना मुलक कार्यक्रम ति जिल्लाहरुमा जारी छन् ।

जस अनुसार समाजमा महिला पुरुष समान हुन ,  पुरुष शरह महिला बर्ग पनि अगाडी बढ्न सक्ने भन्ने जस्ता सन्देश मुलक प्रस्तुतीहरु बिभिन्न जिल्लाहरुमा चलिरहेका छन् ।

बिशेष गरी समाजमा महिला र पुरुष वरावर हुन भन्ने साथै महिलाले पनि अब एक कदम अघि बढेर जिविकोपार्जन तर्फ उन्नमुख  बन्न सक्छन भन्ने उदेश्यले जनचेतना साथै सन्देश मुलक अभियान चलाईएको छ ।

 

प्रतिक्रिया दिनुहोस्