Logo

आफैँले कोरोना परीक्षण गर्न मिल्ने किट निर्माण, हरेक पसलमा किन्न पाइने



Spread the love

३० बैशाख, एजेन्सी । दक्षिण कोरियाले आफूलाई कोरोना सङ्क्रमण भए नभएको थाहा पाउन आफैँले परीक्षण गर्न मिल्ने किट निर्माण गरेको छ । किट यहाँका दुई औषधि निर्माता कम्पनी हुमासिस र एसडी बायोसेन्सरले निर्माण गरेका हुन् ।

उक्त किटमार्फत आफूलाई कोरोना लागेको शङ्का लागेमा घरमै बसेर आफ्नो परीक्षण गरी निश्चिन्त हुन सकिन्छ । घरमै बसी आफ्नो स्वाबमार्फत परीक्षण गरिने यो किटले परीक्षण गरेको १५ मिनेटमै कोरोना भाइरस लागे नलागेको पत्ता लगाउन सकिन्छ ।

यतिमात्र नभई यो किट अब हरेक २४ घण्टे पसलमा सहजै उपलब्ध हुने भएको छ । यहाँका जी एस–२५, सेभेन इलाभेन, इ–मार्टलगायतका २४ घण्टे पसलबाट सजिलै खरिद गर्न सकिने उक्त किटको खुद्रा मूल्य १० हजार कोरियन वन अर्थात् झण्डै एक हजार नेपाली रुपैयाँ पर्छ ।

प्रतिक्रिया दिनुहोस्