Logo

यी हुन् कोरोनाबाट सबैभन्दा प्रभावित नेपालका २ जिल्ला



Spread the love

२९ बैशाख, बाँके । कोरोना भाइरस सङ्क्रमणबाट लुम्बिनी प्रदेशका रुपन्देही र बाँके सबैभन्दा बढी प्रभावित भएका छन् । कोरोनाको प्रभाव बढेसँगै प्रदेशका अन्य जिल्लाका तुलनामा यी दुई जिल्लामा कोरोना सङ्क्रमित र मत्यु हुनेको सङ्ख्या बढी छ । मङ्गलबार साँझ ६ बजेदेखि अहिलेसम्म रुपन्देहीमा छ जना र बाँकेमा ११ गरी १७ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार रुपन्देहीको तिलोत्तमाका दुई जना, बुटवल उपमहानगरपालिकाका दुई जना, सैनामैना नगरपालिका र पाल्पाको तानसेनका एक÷एक जना सङ्क्रमितको मृत्यु भएको हो । मृतहरुमध्ये एक महिला र अन्य पुरुष हुन् ।

उनीहरुमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । लुम्बिनी प्रदेशमा मङ्गलबार मात्रै ४६ जनाको मृत्यु भएको थियो । यो सँगै प्रदेशमा मृतकको सङ्ख्या ९०२ पुगेको छ । लुम्बिनी प्रदेशमा १८ हजार ६३ जना कोरोना सङ्क्रमित छन् भने ३७ हजार २७३ जना निको भइसकेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बाँकेमा थप ११ सङ्क्रमितको मृत्यु

बाँकेका अस्पतालमा भर्ना भएका थप ११ जना सङ्क्रमितको गएराति मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा छ जना र शिक्षण अस्पताल कोहलपुरमा पाँच जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार भेरी अस्पताल नेपालगञ्जमा उपचाररत गुलरिया नगरपालिका­९ बर्दिया निवासी ४७ वर्षीया महिला, वनगाडकुपिण्डे नगरपालिका सल्यान निवासी ५० वर्षीय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका­५ निवासी ४४ वर्षीय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका­१६ निवासी ४९ वर्षीया महिला, बर्दिया मधुवन नगरपालिका­६ निवासी ५५ वर्षीय पुरुष र बढैयाताल गाउँपालिका बर्दिया निवासी ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।


यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत कैलाली घोडाघोडी नगरपालिका­१ निवासी ६० वर्षीय पुरुष, कोहलपुर नगरपालिका­२ निवासी ३० वर्षीया महिला, कोहलपुर नगरपालिका­१० निवासी ४५ वर्षीया महिला, कोहलपुर नगरपालिका­११ निवासी ४१ वर्षीय पुरुष र कोहलपुर नगरपालिका­१४ निवासी ६४ वर्षीय महिलाको पनि गएराति मृत्यु भएको स्रोत व्यक्ति वलीले जानकारी दिए । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या जिल्ला भित्रका २०४ र बाहिरी जिल्लाबाट उपचार गराउन आएका १५७ गरी ३६१ पुगेको छ

प्रतिक्रिया दिनुहोस्