Logo

लगातार पाँच दिनसम्म यस्ता लक्षण देखिए तपाईंलाई कोरोना संक्रमण भएको हुनसक्छ !



Spread the love

२९ बैशाख, एजेन्सी । विश्वभर कोरोना भाइरसको संक्रमण अझै रोकिएको छैन । अझ एसियाली मुलुकहरूमा त भाइरसको संक्रमण पहिलेभन्दा तीव्र गतिमा फैलिइरहेको छ ।

विश्व स्वास्थ्य संगठनले पनि भारतीय भेरियन्टको कोरोना भाइरस विश्वकै लागि चुनाैति भएको भन्दै चिन्ता व्यक्त गरिरहेको छ । यस्तो अवस्थामा सबै जनाले उच्च सावधानी अपनाउनु पर्ने हुन्छ ।

जर्नल एनल अफ इन्टरनल मेडिसनको एक रिपोर्टमा कोरोना भाइरसको सुरूवाती लक्षणबारे प्रष्ट पारिएको छ । उक्त रिपोर्टमा उल्लेखित भएका लक्षणहरू पाँच दिनसम्म देखिएमा कोरोना परीक्षण गर्न सुझाइएको छ ।

-कोरोना भाइरस संक्रमण् भएका व्यक्तिहरुको शरीरमा शुरुवाती पाँच दिनमा मानिसहरुलाई सुख्खा खोकी आउन थाल्दछ ।

-संक्रमितलाई तीव्र ज्वरो आउन थाल्छ र उसको शरीरको तापक्रम अत्याधिक बढ्दै जान्छ ।

-कोरोना भाइरसको संक्रमण भयो भने शुरुवाती ५ दिनमा मानिसलाई श्वास फेर्न एकदमै असहज हुने

रिपोर्टका अनुसार कोरोना भाइरससँग मिल्दाजुल्दा लक्षण खोकी, ज्वरो, फ्लू, इन्फेक्सन र निमोनियासँग धेरै मिल्दोजुल्दो रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्