Logo

एनटीआरलाई कोरोना संक्रमण, गरे यस्तो अपील



Spread the love

२९ बैशाख, एजेन्सी । दक्षिण भारतीय ‘साउथ’ फिल्मका सुपरस्टार जुनियर एनटीआरलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । उनले ट्वीटमा लेखेका छन्, ‘ममा कोरोना पोजेटिभ देखिएको छ ।

चिन्ता नगर्नुस्, म ठिक छु ।’ उनले आफु र आफ्नो परिवार आइसोलेसनमा रहेको जानकारी दिँदै डाक्टरको रेखदेख र सबै नियम पालना गरेको समेत बताएका छन् । ‘पछिल्लो केही दिन यता जो जो मानिस मेरो सम्पर्कमा आएका छन् । उनीहरुले पनि आफ्नो परीक्षण गर्नुस् र सुरक्षित रहनुस् ।’ भन्ने अपील समेत उनले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्