Logo

अबको तीन हप्तामा कोरोना संक्रमण घट्दै जानेछ, तर मान्नुपर्नेछ यस्ता नियम (स्वास्थ्यविद्को सुझाव)



Spread the love

२८ बैशाख, काठमाडाैँ । जनस्वास्थ्यविद् डाक्टर रविन्द्र पाण्डेले कोरोना भाइरसको संक्रमण घटाउनलाई सुझाव प्रस्तुत गरेका छन् । उनले मंगलबार फेसबुकमा लेख्दै कोरोना संक्रमणको दर घटाउन तीन हप्ता कडा घरभित्रै बस्नु सुझाव दिएका छन् ।

उनले फेसबुकमा अबका तीन हप्ता नेपालका लागि थप संकटको समय भएको पनि बताएका छन् । उनले देशभरका अस्पतालमा अक्सिजन र बेडको अभाव भएको पनि स्मरण गराएका छन् ।

उनले फेसबुकमा भनेका छन्,’आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था छ । अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ । दुख सहेरै भएपनि यो ३ हप्ता घरभित्र नै बसौं । जीवनको तुलनामा दुख सानो हो । सकभर खाद्यान्न दैनिक किन्ने नगरौं । पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित छन् भनेर निस्किनै परे डबल मास्क लगाएर, ६ फिटभन्दा धेरै दुरी कायम गरेर, हात साबुनपानी/ स्यानिटाइजरले सफा गरेर सुरक्षित बनौं । भेटघाट बन्द गरौँ । यो ३ हप्ता दुख सह्यौं भने संक्रमणको दर घट्दै जानेछ । रोकथामभन्दा उपचार निकै कठिन र जोखिमपूर्ण छ । यसपटकको कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाज नगरौं | सरकारले कडाइ गरेको हाम्रै लागि हो । हामी सबैजना कडा सेल्फ लकडाउनमा बसौं ।’

प्रतिक्रिया दिनुहोस्