Logo

अक्सिजनको चरम अभाव : एउटै अस्पतालमा ८ जनाको मृत्यु



Spread the love

२८ बैशाख, दाङ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा पछिल्लो २४ घण्टाका अबधिमा आठ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा तुलसीपुर उपमहानगरपालिकाका पाँच, घोराही उपमहानगरपालिका, गढवा र दंगीशरण गाउँपालिकाका एक÷एक जना रहेका छन् ।

अस्पतालका व्यवस्थापक दोर्ण ओलीले अस्पतालको क्षमताले भ्याएसम्म सङ्क्रमितलाई स्वास्थ्य सेवा प्रदान गरिएको जानकारी दिए । पछिल्लो समय जिल्लामा अक्सिजनको चरम अभावका भएको छ ।

पर्याप्त अक्सिजन नहुँदा सङ्क्रमितको अवस्था दयनीय रहेको तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले सामाजिक सञ्चालमार्फत जनाएका छन् । उनले अक्सिजनको चरम अभावका कारण बिरामी छट्पटाइ रहेको अवस्था रहेकाले यसमा जिल्लाका सांसदलाई यसतर्फ गम्भीर ध्यान दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्