Logo

पूर्वराजा ज्ञानेन्द्र शाहले जीते कोरोना, के छ रानीको अवस्था ?



Spread the love

२८ बैशाख, काठमाडाैँ । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण भएपछि उनी काठमाडाैँको नर्भिक अस्पतालमा उपचाररत थिए ।

नर्भिक अस्पतालले मंगलबार एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले कोरोना जितेको जनाएको छ । अस्पतालद्वारा जारी विज्ञप्तीमा २ दिनअघि स्वाब संकलन गरेर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको उल्लेख छ ।

यस्तै पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा पनि लगातार सुधार भइरहेको अस्पतालले जनाएको छ ।
कोरोना संक्रमण भई १८ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएका शाहलाई त्यसको केही दिनपछिदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।

त्यस्तै, पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्