Logo

उपत्यकामा निषेधाज्ञा थप्ने निर्णय, कति दिन थपियो निषेधाज्ञा ?



Spread the love

२८ बैशाख, काठमाडाैँ । काठमाडाैँ उपत्यकामा निषेधाज्ञा थप गरिएको छ । मंगलबार उपत्यकाका काठमाडाैँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले थप १५ दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

अब जेठ १३ गते रातिसम्म निषेधाज्ञा जारी हुनेछ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले थप दुई साता निषेधाज्ञा गर्न सिफारिस गरिसकेको थियो। त्यस्तै काठमाडौं उपत्यकाभित्रका मेयरहरुले पनि थप १५ दिने निषेधाज्ञा गर्न सुझाव दिएका छन् ।

पछिल्ला दिनहरूमा देशभर कोरोना संक्रमण तीव्र गतिमा फैलिइरहेको छ । त्यस्तै, काठमाडाैँ उपत्यकामा मात्रै दैनिक ४ हजारभन्दा बढी संक्रमित थपिइरहेका छन् ।

अब जारी हुने निषेधाज्ञा थप कडा हुने बताइएको छ । उपत्यकाकामा २२ गतेबाट जारी भएको दोश्रो चरणको निषेधाज्ञा भोलीबाट सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्