Logo

नेपालमा कोरोना संक्रमणबाट एकैदिन १३९ जनाको मृत्यु, ९ हजारभन्दा बढी संक्रमित थपिए



Spread the love

२७ बैशाख, काठमाडाैँ । नेपालमा एकैदिन १ सय ३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरणअुनसार एकैदिन १ सय ३९ जनाको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा गरिएको १७ हजार ६२३ पीसीआर र ७ सय ८८ एन्टीजेन परीक्षणबाट देशभर ९ हजार २७१ जना संक्रमित थपिएका छन् । योसँगै देशभर कोभिड संक्रमितको संख्या ४ लाख ३ हजार ९४ पुगेको छ ।

आज थपिएका संक्रमितमध्ये ३ हजार ६०७ जना काठमाडौं उपत्यकामै भेटिएका छन् । जसमध्ये काठमाडौंमा सर्वाधिक २ हजार ७७५, ललितपुरमा ५ सय ५ र भक्तपुरमा ३ सय २७ जना छन् ।

देशभर एकदिनमा ४ हजार ७ जना निको भएर घर फर्कँदा संक्रमणमुक्त हुनेको संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्