Logo

कोरोना भाइरसका कारण अभिनेता राहुलको मृत्यु, श्रीमतिले अस्पतालमाथि लगाइन् गम्भीर आरोप



Spread the love

२७ बैशाख, एजेन्सी । अभिनेता राहुल बोहराको आइतबार निधन भएको छ । कोरोना संक्रमित भएपछि उपचार गराइरहेको अवस्थामा उनको मृत्यु भएको हो । राहुलकी श्रीमती ज्योति तिवारी श्रीमानको वियोगमा छिन् । यसैबीच उनले आफ्ना श्रीमानको न्यायको माग गरेकी छिन् ।

श्रीमानको न्यायको माग गर्दै उनले सामाजिक सञ्जालमा एउटा पोस्ट लेखेकी छन् । उनले उक्त पोस्टमा अस्पतालको लापरबाहीका कारण राहुलको मृत्यु भएको उललेख गरेकी छन् ।

भिडियोमा राहुलले अक्सिजन मास्क हटाएर आजको समयमा यो निकै मूल्यवान् भएको बताइरेका छन् । उनले यो बिना बिरामी छटपटाउनले गरेको पनि बताए । त्यसपछि उनले पुनः मास्क लगाएर भन्छन् कि यसबाट केही आइरहेकै छैन ।

प्रतिक्रिया दिनुहोस्