Logo

आज पनि बढ्यो सुनको भाउ, कति छ आजको मूल्य ?



२७ बैशाख, काठमाडौं- आज सोमवार सुनको मूल्य प्रतितोलाको ९२ हजार रुपैँया पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको मूल्य २ सय रुपैँयाले बढेर प्रतितोलाको ९२ हजार रुपैँया निर्धारण गरिएको छ। यसअघि आइतबार सुनको मूल्यमा सय रुपैँयाले बढेर ९१ हजार ८ सयमा कारोबार भएको थियो।

त्यसैगरी सोमवार चाँदीको मूल्य १५ रुपैँयाले बढेर १ हजार ३ सय ६० रुपैँया निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्