Logo

एसईई र कक्षा १२ को परीक्षा स्थगित, यस्तो छ बोर्डको तयारी



२७ बैशाख, काठमाडाैँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रीय परीक्षा बोर्डले यी २ तहको परीक्षा स्थगित गरेको हो ।

अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि एसईई र कक्षा १२ को परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिएका छन् ।

आगामी जेठ १३ गतेदेखि एसईई र जेठ २६ बाट कक्षा १२ को परीक्षा गर्नेगरी तालिका प्रकाशित भएको थियो । तर, कोरोना भाइरसको संक्रकण बढ्दै गएपछि जारी गरिएको निषेधाज्ञाका कारण तत्कालका लागि परीक्षा स्थगित गरिएको जानकारी बोर्डले दिएको छ ।

यसपटक करीब ५ लाँख विद्यार्थी एसईई दिने तयारीमा बसिरहेका छन् ।

पछिल्लो वर्ष पनि कोरोना भाइरसका कारण एसईई स्थगन गरेर आन्तरीक मुल्यांकनका आधारमा अंक दिइएको थियो । तथापी कक्षा १२ को परीक्षा भने भाैतिक रूपमै उपस्थित गराएर लिइएको थियो ।

अहिले परीक्षा स्थगित भएता पनि स्थिति सहज भएपछि भाैतिक रूपमै परीक्षा सञ्चालन गरिने बताइएको छ । यसपाली भने आन्तरीक मुल्यांकनका आधारमा अंक नदिइने बोर्डले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्