Logo

प्रधान सेनापतिद्वारा अधिकृत क्याडेटलाई आयुक्त पद प्रदान



Spread the love

२७ बैशाख, काठमाडाैँ । भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित ५९ औँ समूहको अधिकृत क्याडेट र २७ औँ समूहको प्राविधिक अधिकृत आधार तालीम सम्पन्न भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा क्याडेटले उच्चस्तरको आयुक्त पद कवाज प्रदर्शन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

समारोहमा प्रधानसेनापति थापाले चार विदेशी, २३ महिलासहित १५५ लाई उपसेनानी पदको आयुक्त पद प्रदान गरे । तालीममा ५६ समूहका दुई अधिकृत क्याडेटलाई पनि आयुक्त पद प्रदान गरिएको थियो ।

प्रधानसेनापति थापाले आआफ्नो समूहमा तालीममा उत्कृष्ट हुने विजय थापा, अन्तरराष्ट्रिय अधिकृत क्याडेट केन्याकी बेरली ओपिला अकिन्यी र प्राविधिक अधिकृत उपसेनानी अर्जुन मगरलाई पुरस्कार प्रदान गरे ।

उक्त प्रतिष्ठानबाट हालसम्म १९ विदेशी अधिकृतले तालीम पूरा गरेका छन् । यस पटक विदेशका केन्या, माल्दिभ्स, श्रीलंका र जाम्बियाका सैनिक शिक्षार्थीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्