Logo

शनिबार देशभर घटे कोरोना संक्रमित, मृत्यु हुनेको संख्या बढ्यो, कतिले जीते कोरोना ?



Spread the love

२५ बैशाख, काठमाडाैँ । देशभर थप ८२८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

गएको २४ घण्टामा देशभर थप ५३ जनाको मृत्यु भएको पनि मन्त्रालयले जानकारी दिएको छ । शुक्रबार भन्दा शनिबार मृत्यु हुनेको संख्या ३ ले बढी हो । अहिलेसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा जम्मा ३३७० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म देशभर कोरोना संक्रमण हुनेको संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्