Logo

संसद सचिवालयमा कोरोना : १२३५ जनाको परीक्षण गर्दा १६० को पोजेटिभ



Spread the love

२५ बैशाख, काठमाडाैँ । संसद सचिवालयका १६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २२, २३ र २४ गते गरिएको १२३५ जनाको पिसिआर परीक्षणमा १६० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

संसद सचिवालयले दिएको जानकारी अनुसार २०५ जना सांसद सहित १२३५ जनाको कोरोना परीक्षण गर्दा करिब १२ प्रतिशत अर्थात् १६० जनामा कोरोना संक्रमण भएको पाइएको छ ।

तीन दिनमा गरिएको पिसिआर परीक्षणमा १९ जना सांसद र संघीय ससद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकारसहित १४१ गरी १६० जनाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ ।

बैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएपछि संसद सचिवालयका कर्मचारी तथा सांसदहरूको कोरोना परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्