Logo

सर्वसाधारणले लापरबाही गर्दा देशमा फेरी कोरोना बढ्यो : प्रधानमन्त्री ओली



Spread the love

२५ बैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणको लापरबाहीका कारण कोरोना भाइरस फैलिएको आरोप लगाएका छन् । शनिबार सिएनएनसँगको अन्तर्वार्ताका क्रममा ओलीले सर्वसाधारणको असावधनीका कारण नियन्त्रण भइसकेको कोरोना पुनः सक्रिय भएको आरोप लगाएका हुन् ।

शनिबार बिहान प्रधानमन्त्री ओलीले अमेरिकी नेटवर्क टेलिभिजन न्यूज च्यानल सिएनएनलाई अन्तर्वार्ता दिएका थिए ।

उनले सो अन्तर्वार्तामा प्रधानमन्त्रीले गत वर्ष फैलिएको कोरोना नियन्त्रण गर्न सफल भएको बताउँदै मृत्युदर पनि शुन्यमा झार्न सफल भएको बताएका थिए । उनले दैनिक कोरोना संक्रमणको संख्या ५० मा पुगेको पनि उल्लेख गरेका छन् ।

उनले देशमा कोरोना भाइरसको दोश्रो लहर फैलिएता पनि जनताको ज्यान जोगाउन सरकार लागि परिरहेको बताएका छन् ।

देशमा अहिले दिन प्रतिदिन कोरोना भाइरसका संक्रमित थपिने संख्या बढिरहेको छ । शुक्रबार एकै दिन नेपाल ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको थियो। अहिले संक्रमण ४० प्रतिशत वा त्यो भन्दा माथि रहेको छ।

प्रतिक्रिया दिनुहोस्