Logo

उम्मेदवारी दिनकै लागि हेलिकप्टर चढेर हेटाैँडा गए बादल



Spread the love

२४ बैशाख, काठमाडाैँ । गृहमन्त्री राम बहादुर थापा राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दिन हेटाैँडा गएका छन् । शुक्रबार दिउँसो उनी हेलिकप्टर चढेर उम्मेदवारी दिन हेटाैँडा पुगेका हुन् ।

नेकपा एमालेको स्थायी कमिटी बैठकले उपनिर्वाचनका लागि उनलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । उक्त निर्वाचनमा विपक्षी गठबन्धन (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेका खनाल–नेपाल समूह र जनता समाज पार्टी)का उम्मेदवार डा. खिमलाल देवकोटाले उम्मेदवारी दिँदैछन् ।

शुक्रबार बिहानसम्म राम बहादुर थापाले उपनिर्वाचनमा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराउन रूचि नदेखाएको बताइएको थियो । तर, पछि उनी नै उम्मेदवार हुन तयार भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्