Logo

पशुपतिको आर्यघाटमा गरियो वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको अन्त्येष्टी



Spread the love

२३ बैशाख, काठमाडाैँ । वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको अन्त्येष्टी गरिएको छ । बिहीबार साँझ पशुपतिको आर्यघाटमा उनको अन्त्येष्टी गरिएको हो ।

सिमित ब्यक्तिको उपस्थितिमा गायक प्रधानको अन्त्येष्टी गरिएको हो । प्रधानको अन्त्येष्टिका लागि उनका आफन्तसहित शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, संगीतकार शम्भुजीत बासकोटा, टीका भण्डारी, पारस मुकारूङलगायत पशुपति आर्यघाट पुगेका थिए ।

गायक प्रधानको बिहीबार दिउँसो करिब १: ४५ बजे काठमाडाैँको न्युरो हस्पिटलमा मृत्यु भएको हो ।

आर्यघाटमा प्रधानको पार्थिव शरीरमा सरकारको तर्फबाट शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले राष्ट्रिय झण्डा ओडाएका थिए भने अन्य सहभागीले पुष्प गुच्छाले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्