Logo

अस्पतालको बेडबाट मदनकृष्ण श्रेष्ठले लेखे, ‘मैले मेरा आँसुका धारा थाम्न सकिँन’



Spread the love

२३ बैशाख, काठमाडाैँ । वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठले वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । बिहीबार मृत्यु भएका प्रधानलाई श्रद्धाञ्जली दिँदै श्रेष्ठले भावुक स्टाटस फेसबुकमा लेखेका छन् ।

केही दिनअघि मात्रै कोरोना संक्रमण मुक्त भएर घर फर्किएका श्रेष्ठको स्वास्थ्य अवस्था बिग्रिएपछि बुधबार पुनः अस्पताल भर्ना गरिएको छ । उनले अस्पतालको बेडबाटै नै प्रेमध्वज प्रधानलाई समर्पित स्टाटस लेखेका छन् ।

यस्तो छ उनले फेसबुकमा लेखेको स्टाटस :-

हाई मेरो प्यारो प्रेमध्वज प्रधानदाई,

हार्दिक श्रध्दाञ्जलि छ तिमीलाई,

2026 सालमा कबि दुर्गालाल दाईको शब्दलाई तिम्रै संगीत मा गीत गाएर प्रतियोगितामा प्रथम भएर गीत संगीतको क्षेत्रमा पाइला अगाडी बढाएको थिएँ मैले।

कसैको आँखामा पनि नबिझाउने मान्छे तिमी।

मनमा मानबता भएको ब्यक्ति तिमी

कसैको कुभलोको शब्द नबोल्ने हृदयमा भगवान भएको गायक तिमी।

मैले आफ्नु जीवनलाई तिमी जस्तो प्रेमको ध्वजाको सामिप्यतामा बस्न पाएकोमा आफुलाई पनि भाग्यमानी सम्झेकोछु

म फेरि मेडीसिटि हस्पिटलमा भर्ना भएकोछु। कोरोनालाई जित्छु भन्ने आत्मबिश्वास छ ।

चाँडै निकोहुनेछु र निको भएर हस्पिटलमा या बागबजार घरमा तिमीलाई भेट्न आउने सोँचाईमा थिएँ

तर तिमीले त हामी सबैलाई छोडेर पो गईसकेको रहेछौ…!!! मैले मेरा आँसुका धारा थाम्न सकिंन दाई ।

“गोरेटो त्यो गाउँको लौन आज”भन्ने गीत कानमा ठूलो ठूलो आवाजमा गुन्जीरहेकोछ।

माईती घरको ” नमान लाज यस्तरी कि झुम्छ जिन्दगी मेरो” गीतमा तिम्रो अद्वितीय स्वर्णिम स्वरको सम्झना भैरहेकोछ।

“घुम्तीमा नआउ है आँखा तिमी जुधाउन ” भन्थ्यौ अब तिम्रो तस्बिर हेरेर मन बुझाउनु बाहेक के नै बाँकि रह्यो र …

तिम्रो आत्मालाई चीर शान्ती मिलोस।

हार्दिक श्रध्दाञ्जलि छ है दाई

तिमीलाई माया गर्ने तिम्रो प्यारो भाई उहि मदनकृष्ण श्रेष्ठ –

प्रतिक्रिया दिनुहोस्