Logo

४ जना सांसदलाई कोरोना संक्रमण पुष्टि



Spread the love

२३ बैशाख, काठमाडाैँ । प्रतिनिधिसभाका ४ जना सांसदलाई कोरोना संक्रमण भएको छ । बुधबार स्वाब संकलन गरि गरिएको परीक्षणमा ४ जना सांसदलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

बैशाख २७ गते २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबार सांसदलगायत कर्मचारीहरुको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिएको थियो । बुधबार १ सय २८ जनाको स्वाब परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि हुने सांसदहरूमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरी रहेका छन् ।

संसद सचिवालयले दिएको जानकारी अनुसार संकलन गरिएका सबै स्वाबको रिपोर्ट भने आइसकेको छैन ।

बिहीबार थपिएका ४ जना सहित कोरोना संक्रमण हुने सांसदको संख्या ११ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्