Logo

कोरोना भाइरसका कारण अभिनेत्री अभिलाषाको मृत्यु



Spread the love

२३ बैशाख, एजेन्सी । कोरोना भाइरसका कारण एक जना भारतीय अभिनेत्रीको मृत्यु भएको छ । अभिनेत्री अभिलाषा पाटिलको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

उनी केही दिन अघिसम्म भारतको वाराणसीमा सुटिङमा व्यस्त थिइन् । बाराणसीबाट मुम्बइ फर्किएपछि उनमा कोरोना संक्रमण भएको थियो ।

कोरोना संक्रमण भएपछि उनको आइसीयुमा राखेर उपचार भइरहेको थियो । त्यसको केही दिनपछि उनको मृत्यु भएको हो ।

‘ते अठ दिवस’, ‘बायको देताका बायको’, ‘परवास’ जस्ता कयौ मराठी फिल्ममा अभिलाषाले काम गरेकी थिइन् । त्यस्तै, ‘बद्रीनाथकी दुल्हनिया’, ‘गुड न्युज’, ‘मलाल’ र ‘छिछोरे’ जस्ता हिन्दी फिल्ममा पनि उनको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्