२२ बैशाख, काठमाडाैँ । नेकपा एमालेकी नेत्री राक कुमारी झाँक्रीले ओलीप्रति व्यंग्य गरेकी छन् । बुधबार फेसबुकमा पोस्ट गर्दै उनले ओलीलाई दम्भ, अहङ्कार र जिद्दी त्याग्न आग्रह समेत गरेकी छन् ।
ओलीलाई संकेत गर्दै उनले गर्दै उनले यदि सत्यानाश हुनबाट र डुब्नबाट जोगिनु छ भने बेलैमा बुद्धि पुर्याउन आग्रह गरेकी छन् । उनले आफूमात्रै नडुब्ने र डुब्नै परे सबैलाई लिएर डुब्नेसमेत बताएकी छिन् ।
उनले भनेकी छन्, ‘हामी त डुब्छौँ नै । हामी सत्यानाश हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ । यदि तिमी सत्यानाश हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज । विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड ।’
प्रतिक्रिया दिनुहोस्