Logo

कोरोना संक्रमित सांसद बने स्वास्थ्यमन्त्री



Spread the love

२२ बैशाख, बुटवल । लुम्बिनी प्रदेशमा कोरोना संक्रमित व्यक्ति नै स्वास्थ्य मन्त्री बनेका छन् ।

रुपन्देहीका सांसद भोजप्रसाद श्रेष्ठ कोरोना संक्रमित भएर अहिले होम आइसोलेसनमा रहेका छन् । उनलाई कोरोना संक्रमणकै बीच जिम्मेवारी दिइएको हो ।

१६ दिनअघि संक्रमित भएका उनी घरमै आइसोलेसनमा थिए । मुख्यमन्त्री शंकर पोखरेलले तेस्रो पटक मन्त्रिमण्डल विस्तारमा परेका तीनमध्ये एकमन्त्री श्रेष्ठ होम आइसोलेसनबाट सीधै सपथ ग्रहण समारोहमा उपस्थित भएका छन् ।

सपथ लिने क्रममा उनी अलग्गै उभिएका थिए ।

प्रतिक्रिया दिनुहोस्