Logo

२५ वर्षीया महिलाले जन्माइन् एकै पटकमा ९ वटा बच्चा



Spread the love

२२ बैशाख, एजेन्सी । मोरक्कोको मालीमा एक जना महिलाले एकै पटक ९ वटा बच्चालाई जन्म दिएकी छन् । मालीको सरकारले मंगलबार एक महिलाको गर्भबाट ९ वटा बच्चा जन्मिएको जानकारी दिएको छ ।

यो असामान्य घटना मोरक्कोमा भएको हो । त्यहाँको सरकारले दिएको जानकारी अनुसार २५ वर्षीया हालिमा सिसेले ९ वटा बच्चा जन्माएकी हुन् । बच्चा जन्माएकी उनलाई थप स्वास्थ्य उपचारका लागि सुविधासम्पन्न अस्पताल लगिएको बताइएको छ ।

मोरक्कोको स्वस्थ्य मन्त्रालयका प्रवक्ता राचिद काैदारीले एकै पटकमा ९ वटा बच्चा जन्मिनु अस्वभाविक र असामान्य भएको बताएका छन् ।

सिसेले एकै पटकमा पाँच छोरी र चार छोरालाई एकै पटकमा जन्म दिएको मालीको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

अहिले ९ जना बच्चा र आमाको स्वास्थ्य राम्रो भएको मालिको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्