Logo

अभिनेत्री दीपिका पादुकोणको पुरै परिवारलाई कोरोना संक्रमण, पिता अस्पताल भर्ना



Spread the love

२२ बैशाख, एजेन्सी । बलिउड अभिनेत्री दिपिका पादुकोण कोरोना संक्रमित भएकी छिन् । मंगलबार अभिनेत्री पादुकोणमा कोरोना संक्रमण पुष्टि भएको भारतीय मिडियाहरूमा उल्लेख छ ।

भारतीय मिडियामा उल्लेख भए अनुसार दिपिका पादुकोणको परिवारका सबै सदस्यलाई कोरोना संक्रमण भएको छ । मंगलबार दीपिकासहित उनका पिता प्रकाश पादुकोण, आमा उज्जला पादुकोण र बहिनी अनीशा पादुकोणलाई कोरोना संक्रमण भएको भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।

दीपिकाको परिवारलाई १० दिन अघि नै कोरोना भाइरसको लक्षण देखिएको बताइएको छ

कोरोना भाइरस देखिएपछि दिपिकाका पिता बैंग्लोरको एक अस्पतालमा भर्ना भएका छन् ।

प्रतिक्रिया दिनुहोस्