Logo

जंगलमा श्रीमान्-श्रीमति मृत फेला, प्रहरीको यस्तो अनुमान



Spread the love

२१ बैशाख, धनकुटा । जंगलमा श्रीमान्-श्रीमति मृत फेला परेका छन् । बुधबार धनकुटाको जंगलमा श्रीमान् श्रीमती फेला परेका हुन् ।

जंगलमा मृत भेटिनेमा पाख्रीबास ६ तिल्केका करिब २२ वर्षीय सुनिल थापा र उनकी श्रीमती २० वर्षीया सिर्जना गुरागाईं रहेको प्रहरीले जनाएको छ ।

युवक झुन्डिएको र युवती भुइँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका धनकुटाका प्रहरी नायव उपरीक्षक सन्तुलाल जैशवालले जानकारी दिए । श्रीमान‍्ले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्