Logo

माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने, कांग्रेसले विश्वासको मत नदिने



Spread the love

२१ बैशाख, काठमाडाैँ । नेकपा माओवादी केन्द्रले कपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । मंगलबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको केन्द्रीय कमिटी बैठकले उक्त निर्णय गरेको हो ।

नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले ओलीलाई विश्वासको मत नदिने र ओलीले लिने विश्वासको मतलाई विफल बनाउन अरु दलसँग पनि छलफल गर्ने बैठकले निर्णय गरेको काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभा बैठक बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्