Logo

देशभर ७५ सयभन्दा बढी संक्रमित थपिए, कतिले जीते कोरोना, अहिलेसम्म कै धेरैको मृत्यु



Spread the love

२१ बैशाख, काठमाडाैँ । देशभर थप ७५८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

गएको २४ घण्टामा देशभर थप ५५ जनाको मृत्यु भएको पनि मन्त्रालयले जानकारी दिएको छ । सोमबार भन्दा मंगलबार मृत्यु हुनेको संख्या १८ ले बढी हो । अहिलेसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४१७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा जम्मा १७७५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म देशभर कोरोना संक्रमण हुनेको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्