Logo

वडा सदस्यको शव पोष्टमार्टम गर्न जाँदै गरेको जीप दुर्घटना, ४ जनाको मृत्यु



Spread the love

२१ बैशाख, बैतडी । पोष्टमार्टमका लागि शव लिएर सदरमुकाक जाँदै गरेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ को गणमेस्रमा उक्त जीप दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

जीप दुर्घटनामा मृत्यु हुनेहरूमा वडा नम्बर ६ कै जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिक्मत भण्डारी र दीपक भण्डारी रहेको प्रहरीले उल्लेख गरेको छ ।

उनीहरू जीपमा गएराती चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोस्टमार्टमका लागि लिएर सदरमुकाम जाँदै गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्