Logo

उपत्यकामा थपियो निषेधाज्ञा, पसल खोल्ने नयाँ समय



Spread the love

२१ बैशाख, काठमाडाैँ । काठमाडाैँ उपत्यकाको निषेधाज्ञा २९ गतेसम्म जारी राख्ने निर्णय भएको छ । काठमाडाैँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले उपत्यकाका निषेधाज्ञा थप एक हप्ता लम्ब्याउने निर्णय गरेको हो ।

उपत्यकामा पहिलो चरणमा बैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो । उक्त निषेधाज्ञामा किराना पसलहरू बिहान र बेलुका खुल्ने भनिएता पनि अब भने बिहान ७ देखिद ९ बजेसम्म मात्र खोल्न पाइनेछ ।

बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको छ । त्यसैगरी, यसभन्दा अगाडी जारी गरिएका सबै पासहरू खारेज गरिएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्