Logo

क्यान्सरबाट ग्रसीत वामपन्थी नेता शर्माको निधन



Spread the love

२० बैशाख, काठमाडाैँ । मकवानपुरका पुराना वामपन्थी नेता तथा यातायातविज्ञ श्रीधर शर्माको निधन भएको छ । उनको आज उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको नेपाल कम्युनिष्ट पार्टी(एमाले) मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए । शिक्षक सङ्गठनका संस्थापकमध्ये एक शर्मा लामो समयदेखि रक्तअर्बुदरोगले ग्रसित थिए।

एमाले नेता अनन्त पौडेल नेता शर्माको निधनले नेपाली कम्युनिष्ट आन्दोलनलाई ठूलो क्षति पुगेको बताउँछन् । “शर्मा शिक्षक आन्दोलन, तत्कालीन नेकपा मालेको खुला मोर्चाका नेता तथा नेकपा मालेका भूमिगत नेताहरुलाई आश्रय दिने हेटौंँडाका मुख्य आश्रयदाता हुनुहुन्थ्यो । नेकपा (एमाले)का नेता, नेपालको यातायात क्षेत्रका विज्ञ आदरणीय श्रीधर शर्माको दुःखद् निधनको खबरले स्तब्ध भएको छु”, उनले भने, “आफ्नो अनुभव र ज्ञान सधँैं अरुलाई हस्तान्तरण गरिरहने त्यो विलक्षण प्रतिभा आज अस्ताएको छ । नेकपा (एमाले)लाई अपूरणीय क्षति भएको छ ।”

राष्ट्रियसभाका सदस्य रामचन्द्र राईले नेता शर्माको निधनले आफूहरुलाई मर्माहत बनाएको बताए । स्व शर्माका आमा, दुई श्रीमती, दुई छोरा र दुई छोरी छन् । शर्माको पार्थिव शरीर अन्तिम संस्कारका लागि आज राति हेटौंँडा ल्याइने पारीवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्