Logo

गण्डकी प्रदेश प्रमुखमा सीता पाैडेल र सुदूरपश्चिममा गङ्गाप्रसाद यादव नियुक्त



Spread the love

२० बैशाख, पोखरा । सरकारले गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकाे छ । सोमवार बसेकाे मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गङ्गाप्रसाद यादवलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

यसअघि गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिमकी प्रदेश प्रमुख शर्मिलाकुमारी पन्त पदमुक्त भएपछि उनिहरूकाे ठाउँमा पाैडेल र यादवलाई नियुक्त गरिएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्