Logo

देशभर अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिए, थप कतिले जिते कोरोना, एकैदिन ३७ जनाको मृत्यु



Spread the love

२० बैशाख, काठमाडाैँ । देशभर थप ७३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

गएको २४ घण्टामा देशभर थप ३७ जनाको मृत्यु भएको पनि मन्त्रालयले जानकारी दिएको छ । आइतबार भन्दा सोमबार मृत्यु हुनेको संख्या १० ले बढी हो । अहिलेसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा जम्मा २०२१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म देशभर कोरोना संक्रमण हुनेको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्