Logo

कोरोनाबाट मृत्यु भएका परिवारलाई सरकारले एक लाख दिने



Spread the love

२० बैशाख, कर्णाली । कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारले एक लाख पाउने भएका छन् । कर्णाली प्रदेश सरकारले कोरोनाका कारण मृत्यु भएकाका परिवारलाई एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो ।

उक्त रकम प्रदेश विपद् व्यवस्थापन कोषमार्फत दिइने सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले जानकारी दिइन् ।

पछिल्लो समय कर्णालीमा कोरोना संक्रमण र मृत्यु हुनेको संख्या बढिरहेको छ । कर्णालीमा हालसम्म ५७ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्