Logo

अब आन्तरिक हवाई उडान पनि बन्द हुने, अन्तर्राष्ट्रिय उडान के होला ?



Spread the love

१९ बैशाख, काठमाडाैँ । अब आन्तरिक हवाई उडान पनि बन्द हुने भएका छन् । मन्त्रीपरिषद्को आइतबार बसेको बैठकले सोमबार मध्यरातीदेखि आन्तरिक उडान पनि बन्द गर्ने निर्णय गरेको हो ।

देशभर कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै सिसिएमसीले आन्तरिक उडान पनि बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको थियो । सोही अनुसार सरकारले सोमबार मध्यरातीदेखि आन्तरिक उडान बन्द गर्ने सरकारले निर्णय गरेको हो ।

त्यस्तै भारतबाट हुने सम्पूर्ण उडान स्थगित भएको छ भने ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि बन्द गर्ने निर्णय भएको छ ।

तथापी, अन्तर्राष्ट्रिय उडान भने कडा स्वास्थ्य मापदण्ड पूरा गरेर निरन्तर कायम राख्ने निर्णय भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्