Logo

राजीनामा दिएकै दिन पुनः मुख्यमन्त्री बने शंकर पोखरेल



Spread the love

१९ बैशाख, बुटवल । नेकपा एमालेका नेता शंकर पोखरेल पुनः लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले आइतबार उनलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख शाहले आइतबार दिउँसो एक विज्ञप्ती जारी गर्दै मुख्यमन्त्रीमा पुनः शंकर पोखरेललाई नियुक्त गरेको जानकारी दिएका छन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले विज्ञप्ति जारी गर्दै नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा ६८ को उपधारा १ बमोजिम सरकार गठन गर्न प्रदेशसभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दावी पेश गरेकाले उनलाई मुख्य मन्त्रीमा नियुक्त गरेको विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्