Logo

दाङमा जटिल प्रकृतिको घटना बाहिरियो, पार्क गरिराखेको कारमा भेटिए ३ वटा शव



Spread the love

१८ बैशाख, दाङ । दाङमा पार्किङ गरिरहेको एउटा कारभित्र तीन जनाको शव फेला परेको छ । दाङको तुलसीपूरमा पार्किङ गरिरहेको एउटा कारमा शनिबार तीन वटा शव फेला परेका हुन् ।

उक्त कार भारतीय नम्बरको रहेको छ । भारतीय नम्बर भएको जे ०१६६०८८५ कारभित्र तीन जनाको शव फेला परेको हो ।

उक्त कार सोही ठाउँमा करीब ३ महिनादेखि पार्क गरिएको र त्यसमा ती शवहरू भेटिनु जटिल प्रकृतिको घटना भएको प्रहरीले उल्लेख गरेको छ ।

गाडीभित्र मृत अवस्थामा रहेका व्यक्तिहरूको पहिचान नखुलेको र मृतकहरू बालक जस्तो देखिने प्रहरीले बताएको छ । यस घटनाबारे थप अनुसन्धान सुरू गरिएको प्रहरीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्