Logo

१८ वर्षको प्रेमसम्बन्ध विवाहमा परिणतका गरेको श्रीमानको कोरोनाले मृत्यु, श्रीमतीले गरिन् आत्महत्या



Spread the love

१८ बैशाख, एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट श्रीमानको मृत्यु भएपछि श्रीमतीले झुण्डिएर आत्महत्या गरेकी छन् । भारतको मध्य प्रदेश राज्यको इन्दौर जिल्लाको राजेन्द्र नगर बस्ने नेहा पंवारले श्रीमानको मृत्युको खबर सहन नसकेर आफ्नै कोठको पंखामा झुण्डिएर आत्महत्या गरेकी हुन् । १५ दिन अगाढि कोरोनाबाट संक्रमित भएका उनका श्रीमान पवन पंवारको उपचारकै क्रममा इन्दौरको एक निजी अस्पतालमा बुधबार राति मृत्यु भएको थियो ।

प्रोफेर नेहा र डिप्टी रेन्जर पवनबीच पाँच वर्ष अगाडि विवाह भएको थियो । १८ वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका यो जोडीका हजारौँ सपना कोरोना महामारीले लुट्यो । भारतकै छत्तीसढ राज्यबाट सुरु भएको यो प्रेममय यात्रा कोरोना भाइरसको इपिसेन्टर इन्दौरमा आएर दुःखद अन्त्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्