Logo

रूसद्वारा नेपाललाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने इच्छा व्यक्त



१७ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रूसका राजदूत अलेक्सेइ नोभिकोभले आज भेट गरी नेपाललाई कोभिडविरुद्धको खोप (स्पुतनिक भी) उपलब्ध गराउन आफ्नो मुलुक सकारात्मक रहेको जनाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपालले रुसबाट खरीद गर्ने क्रममा रहेको कोभिडविरुद्धको खोप (स्पुतनिक भी) तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न राजदूत नोभिकोभलाई आग्रह गरेका थिए ।

राजदूत नेभिकोभसहितका प्रतिनिधिले त्यसतर्फ आफूहरु सकारात्मक रहेको जवाफ दिएका छन् । भेटमा दुई पक्षीय सम्बन्धका अन्य आयामका साथै दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन गरिएका प्रयासलाई थप गति दिन बारे पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्