Logo

पवित्र पहाडमा पोर्न भिडियो बनाएर पोर्न साइटमा पोस्ट गर्ने जोडीको खोजी गर्दै प्रहरी



Spread the love

१६ बैशाख, एजेन्सी । इन्डोनेसियाको पवित्र पहाडमा अश्लिल भिडियो बनाएर इन्टरनेटमा राख्ने एक विदेशी जोडी प्रहरीको खोजी लिस्टमा परेको छ । रुसकी वयस्क स्टार भेरोनिका त्रोसिनाले इण्डोनेसियामा एउटा भिडियो सुट गरेर अनलाइनमा पोस्ट गरेपछि अहिले प्रहरीको खोजी सुचिको शीर्ष स्थानमा परेकी हुन् ।

उनले इन्डोनेसियाको बालीमा रहेको एक पवित्र पहाडमा ब्वाइफ्रेन्डसँग अश्लिल भिडियो सुट गरेर इन्टरनेटमा राखेकी थिइन् । उक्त भिडियो इन्डोनेसियाको प्रहरीले समेत हेरेपछि उनको पिछा गर्न थालेको हो ।

यो जोडी रुसको राजधानी मस्कोबाट १६५ माइल टाढा रायबिंस्कमा बस्छन् । स्थानीय मिडियाका अनुसार यो जोडीले यो भिडियो केही महिना पहिले बनाएका थिए । भेरोनिकाले यो भिडियोलाई ट्वीटरमा समेत प्रचार गरेकी थिइन् ।

उक्त भिडियो इन्डोनेसियाको माउन्ट बाटुरमा खिचिएको बताइएको छ ।

स्थानीय मिडियाका अनुसार यो जोडी पक्राउ परेमा उनीहरुलाई २ वर्ष ८ महिना जेल सजाय हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्