आज फेब्रुअरी १४ अर्थात प्रेम दिवस। आजको दिन संसारभर सबैले प्रेमको रसिलो रसपान गर्दै यो प्रेमिल दिनको भव्य सेलिब्रेसन गर्ने गर्दछन्।
प्रेम दिवसको यहि सुन्दरतम उपलक्ष्यमा इन्जिनियरिङ साहित्य समाज, इन्सास पुल्चोक इन्जिनियरिङ क्याम्पस, पुल्चोक ललितपुरको विशेष आयोजनामा आज दिउँसो १२:३० बजे पुल्चोक क्याम्पसको ‘जी’ हलमा “प्रेमपत्र प्रतियोगिता २०७४” सप्पन्न हुन गैरहेको छ। शहरमा प्रेम र सिङ्गो प्रेमिल मौसमको भरपुर सेलिब्रेसन गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन हुन गैरहेको हो।
प्रतियोगिताका लागि विभिन्न कलेजमा पढिरहेका १० प्रेमीहरूका १० थान प्रेमपत्रहरू छनौटमा पर्न सफल भएका छन्।
छनौटमा परेका १० उत्कृष्ट प्रेमपत्रहरूको वाचन सँगै अन्त्यमा कार्यक्रमबाट ३ विजेता प्रेमपत्रहरू चुनिनेछन्।
साथै, उक्त कार्यक्रममा थप आकर्षणको रुपमा केहि विशेष साहित्यिक रचना वाचन तथा सुमधुर सांगीतिक प्रस्तुतीहरू समेत प्रस्तुत गरिनेछ।